कर्णालीमा काेराेनाकाे संक्रमण ग्राफ उकालाे लाग्दै , शुक्रबार मात्र २० जनामा संक्रमण पुष्टी

धर्मराज आचार्य
सुर्खेत १९, भाद्र ।

कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको दरमा वृद्धि भएको छ । प्रदेशका विभिन्न पालिका र स्थानीय प्रशासनले गरेको निषेधाज्ञाको अवधिमा समेत संक्रमित संख्याको ग्राफ भने उकालो लागेको छ । भदौ १ गते १४ जना नया संक्रमित थपिएकोमा भदौ ३ गते भने तीन गुणा बढी ४३ जनामा संक्रमण पुष्टि भयो । भदौको पहिलो सातामा सवैभन्दा बढि ५ गते ६२ जनामा संक्रमण पुष्टि भयो । ७ गते भने नयाँ संक्रमितको संख्या ४ जनामा पुष्टि भयो । भदौ ८ गते ५१, १५ गते ४० र १७ गते ९५ नयाँ संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कडेंलले बताउनुु भयो । यी तथ्यांकले कोरोना भाइरस संक्रमणको ग्राफ निकै उकालो लागेको बताउछ ।

कुनैपनि यात्रा इतिहास नभएका कतिपय सरकारी कर्मचारी र समुदायमा संक्रमण पुष्टि हुने क्रम रोकिएको छैन । हाल कर्णाली प्रदेशका विभिन्न जिल्लाका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनीधि, सामाजिक अभियान्ता, सवारी चालक, कामदार लगायत कैदीवन्दीमा पनि संक्रमण देखिएको छ ।
निषेधाज्ञा अघि प्रदेशका मुख्य प्रभावित क्षेत्रको अवस्था कस्तो थियो भन्ने कुरा संक्रमितको उकालो चढ्दो आंकडाले प्रष्ट पारेको जनस्वास्थ्यविद्हरुले बताएका छन् । भदौं १ गतेसम्म २ हजार ८१ संक्रमित रहेकोमा शुक्रबार साझसम्म २ हजार ५ सय ८९ संक्रमित पुुगेका छन् । शुक्रबारमात्र थप २० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जुम्लाका १२, सुर्खेतका ३, दैलेखका ३, बर्दिया र दाङका १/१ जना रहेका छन् ।
नयाँ संक्रमण पुष्टिसँगै कोरोना जितेर जानेको संख्यामा पनि वृद्धि भएको छ । भदौ १ गतेसम्म १ हजार ९ सय २८ जनाले कोरोना जितेकोमा शुक्रबारसम्म कोरोना जित्नेका संख्या २ हजार २ सय ३९ पुुगेको छ । पछिल्लो २४ घण्टामा मात्र संक्रमणबाट निको भइ डिस्चार्ज हुनेको संख्या ३८ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close