
तनहुँमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। जिल्लाको आँबुखैरेनी गाउँपालिका ३ स्थित पृथ्वीराजमार्ग सडकखण्डमा ग १ ख ६३०७ नम्बरको बसले बसले ठक्कर दिँदा पैदलयात्री ४० वर्षीय मिनबहादुर विकको मृत्यु भएको हो।
विक सोही ठाउँका स्थानीयवासी हुन्। बसको ठक्करबाट घाइते भएका विकलाई उपचारका लागि चितवनस्थित सीएमसी अस्पतालमा पुर्याइएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।