गुराँस गाउँपालिकामा नागरिकको पहुँचमा आधारभुत विकास पुगेको दाबी

दैलेख, २८ माघ । दैलेख गुराँस गाउँपालिकाले भौतिक र सामाजिक विकासमा सन्तोषजनक काम गर्न सफल भएको बताएको छ । मंगलबार र बुधबार चलेको गाउँसभामा अहिलेसम्म गरिएका कामको फेरिइस्त प्रस्तुत गरिएको हो । सबै वडामा सडकको पहुँच पुर्याइएको बताएको छ ।

गाउँपालिकाले अहिलेसम्म २६ वटा सडकहरु निर्माण गरेको छ । जसमध्य एक सय ९२ किलोमिटर नयाँ सडक निर्माण गरेको गाउँपालिकाले एक सय १४ किलोमिटर पुराना सडकहरु स्तरउन्नती लागि कार्यदलका सदस्यहरु परिचालन गरि बाह्रै महिना चल्ने बनाइने जनाएको छ ।

यस्तै, शिक्षा क्षेत्रमा १४ वटा विद्यालयमा आइसिटी कक्षा संचालन गरिएको भन्दै गाउँपालिका अध्यक्ष खेमराज ओलीले बाली विज्ञान पठपाठन संचालन गाउँसभामा जानकारी गराए । उनले विद्यार्थीहरुलाई सुरक्षित वातावरणमा पढ्न सक्नेगरी भवनहरु निर्माण गरिएको भन्दै शिक्षा क्षेत्रलाई महत्वका साथ प्राथामिकतामा राखिएको जनाए ।

उनले सबै वडामा स्वास्थ्य सेवा पुर्याइएको बताउँदै सस्तो भाडादरमा एम्बुलेन्स संचालन गरिएको जानकारी दिए ।
आगामी बर्षसम्म १५ शैयाको अस्पतालबाट सेवा दिने योजना रहेको बताए ।
यस्तै, खानेपानीको समस्या रहेको गाउँपालिकाका ८० प्रतिशत जनतासम्म खानेपानीको पहुँच पुर्याइएको दाबी गरे ।

यसैगरी, विद्युतको काम ८५ प्रतिशत सकिएको भन्दै उनले आगामी असोज महिनासम्म पालिकाभर नै विद्युत सेवा पुगीसक्ने जानकारी दिए । गाउँपालिका उपाध्यक्ष दीपा कुमारी विसीले सामाजिक क्षेत्रमा पनि थुप्रै काम गरिएको बताइन् । उनले बालबालिकाको सुरक्षाका लागि शुरु गरिएको जिवन सुरक्षा कोषमा ६ सय ४९ जना आवद्ध भएको भन्दै एक सय ४८ जोखिम बालबालिकालाइृ संरक्षण गरिएको बताइन् ।

जिवन सुरक्षा कोषमा १८ सय बालबालिका आवद्ध बनाउने लक्ष्य रहेको भन्दै तीन सय जना जोखिममा रहेका बालबालिकालाई संरक्षण गरिने प्रतिवद्धता जनाइन् । गाउँसभा बोल्दै सदस्यहरुले अहिले भएका कामलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिदैँ सबैभन्दा धेरै समाजिक क्षेत्रमा फोकस हुन सुझाव दिएका छन ।

हिउँदे गाउँसभा अहिलेसम्म नीति कार्यक्रम र बजेटको समिक्षा गर्दै सम्पन्न भएको हो । गाउँसभा दुइदिनसम्म रानिमत्तामा चलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close