स्थानीय सरकार र नागरिक समाजबीचको सहकार्य बारे संवाद

 

सुर्खेत,२६ माघ । स्थानीय सरकार र नागरिक समाजबीचको सहकार्य बारे संवाद कार्यक्रम सम्पन्न गरिएको छ । सोमबार गैरसरकारी संस्था महासंघ सुर्खेतको समन्वयमा गरिएको संवाद कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, जिल्लास्थित नागरिक समाजका अगुवा र सरोकारवालाहरुसँग संवाद गरिएको हो ।

कार्यक्रमका सहभागीहरुले संघीय संरचना आएपनि नागरिक समाजसँग सहकार्य नगर्दा नीति निर्माण र योजनामा नागरिकको प्रत्यक्ष सहभागिता हुन नसकेको निष्कर्ष निकालेका छन् ।

कार्यक्रममा कर्णाली प्रदेश सभाकी सांसाद राजु नेपाली, लेकवेशी नगरपालिकाका नगरप्रमुख, गगनसिं सुनार, उप—प्रमुख शान्ति छन्तेल र सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले नागरिक समाजसँग विभिन्न सवाल र आवश्यक कार्यक्रमका विषयमा समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यस्तै नागरिक सरोकार संघ सुर्खेत्का अध्यक्ष पिताम्बर ढकालले नागरिक समाजले पनि सरकार र जनताको अधिकारका विषयमा वकालत गर्दै आएको बताए ।

यस्तै गैर सरकारी संस्था महासंघ सुर्खेत्का अध्यक्ष घनश्याम केसीले नागरिक समाज संस्था र स्थानीय सरकारको सहकार्यका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close