सिन्धुलीमा जंगली हात्तीको आतंक

सिन्धुलीमा जंगली हात्तीले आतंक मच्चाएका छन् ।
एक हप्ता अघिदेखि कोशी टप्पु बन्य जन्तु आरक्षणबाट सिन्धुली पसेका जंगली हात्तीले कमलाखोच क्षेत्रको कमलामाई नगरपालिका–१४ रानीवास चन्दनपुरमा सर्वसाधरणहरुको ४ वटा घर भत्काएका छन् ।
यसवर्ष पटक पटक जंगली हात्तीको प्रवेशले दुधौली नगरपालिका र कमलामाई नगरपालिका क्षेत्रमा आतंक मच्चाउदा सामान्य जनजीवन प्रभावित बनेको छ ।
केही दिनअघि पनि जंगली हात्तीले दुधौली नगरपालिकाको माथिल्लो पत्रिंगा गाउँमा स्थानीयको केराका बोट र घरमा राखेको धान खाईदिएका थिए ।
विगत लामो समयदेखि कमलाखोच स्थित हुँदै आउने जंगली हात्तीलाई सरकारी सम्बन्धित निकायले दिगो रुपमा व्यवस्थापन गर्न नसक्दा स्थानीय बासिन्दाहरु पीडित बन्दै आएका छन् ।
पछिल्लो एक दशकमा कमलाखोंच क्षेत्रमा हात्तीको आक्रमणबाट १२ जनाको मृत्यु भइसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close