Murti

वीरेन्द्रनगर १० का एक सय घरधुरीमा हातधुने स्तेशन निर्माण

व्यक्तिको व्यवहार परिवर्तनबाट स्वस्थ र स्वच्छ दैनिक सञ्चालन गर्ने हेतुले वीरेन्द्रनगर १० का अतिविपन्न समुदायका १ सय घरमा हात धुने स्टेशन निर्माणका लागि बाल्टी र धारा वितरण गरिएको छ । वीरेन्द्रनगर वडा नं. १० को समन्वयमा वातावरण सुधार समाजले अक्सफामको सहयोगमा बाल्टी र धारा वितरण गरेको हो ।
कोभिड महामारीका बीच हात सावुनपानीले धुने र सेनिटाइजरको प्रयोगले संक्रमण जोखिम कम गर्ने भएकाले विपन्न समुदायलाई बाल्टी वितरण गरिएको वातावरण सुधार समाजकी अध्यक्ष नेत्रा रेग्मीले बताउनु भयो । उहाँले हातको सरसफाइले कोरोना संक्रमण तथा अन्य सरुवारोगबाट बच्न संक्रमणको जोखिम भएका स्थानहरुमा पुगेपछि सावुन पानीले नियमित हात धुनुपर्ने बताउनु भयो । रोगले धनी गरिव केहि नभन्ने हुदाँ सरसफाइमा व्यवहार परिवर्तन गर्न सकेमा सरुवारोगबाट बच्न सकिने उहाँको भनाइ छ । उहाँले सावुनपानीले नियमित धात धुने बानीको विकास नभएसम्म कोरोना संक्रमण र अन्य सरुवा रोगहरुबाट आफु बच्न र अरुलाई बचाउन सम्भव नहुने बताउनु भयो । संक्रमणबाट बच्न नियमित रुपमा सावुनपानीले हात धुन संस्थाले घरमा हात धुने स्टेशनमा गरेको सहयोगलाई उचित रुपमा प्रयोग गर्न समेत आग्रह गर्नु भयो ।
वातावरण सुधार समाजले राष्ट्रिय हात धुने दिवसलाई सफल पार्नका लागि पनि राष्ट्रिय हात धुने दिवसको अवसरमा अति विपन्न परिवारलाई ३२ लिटरको धारो सहितको बाल्टी, सेनीटाइजर, ह्याण्ड वास, सर्फेस डिसइन्फेन्सन सोलुसन वितरण गरेको थियो ।
स्वच्छताको लागि व्यवहार परिवर्तन परियोजनाका कार्यक्रम संयोजक हिमाल राजीले सहजीकरण गर्नु भएको थियो ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close