दाङमा बस र जीप एकआपसमा ठोक्किँदा तीन जना घाइते

पूर्वपश्चिम राजमार्गको कौडिया पुलमा बसले जीपलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्।

काठमाडौँदेखि सुर्खेत जाँदै गरेको ना ७ ख ६०४८ नम्बरको बसले लमहीदेखि भालुवाङतर्फ जाँदै गरेको रा १ ज ८१८ नम्बरको म्याजिक जीपलाई पूर्वपश्चिम राजमार्गको कौडिया पुलमा ठक्कर दिँदा तीन जना गम्भीर घाइते भएका हुन्।

घाइते हुनेमा राप्ती गाउँपालिका–५ सिसहनियाँ निवासी वर्ष ७८ का बिनाराम बेल्बासे , उनकी श्रीमती बर्ष ६७ की मोती बेल्बासे र राप्ती गाउँपालिका–३ मसुरिया निवासी वर्ष ३७ का चिन्तामणि घर्ती रहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले जानकारी दिए। घाइते मोतीको टाउकोलगायत शरीरको अन्य भागमा समेत चोट लागेको छ।

यस्तै, जीप चालक राप्ती गाउँपालिका–५ लठ्ठहवा निवासी वर्ष ४० का थम्मन थापालाई भने समान्य चोटपटक लागेको छ। उनको लमही अस्पतालमा उपचार भइरहेको छ।

घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ। तीव्र गतिमा रहेको बसले ओभरटेक गर्ने क्रममा विपरीत दिशामा गएर जीपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्कर दिने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close