तीजको मौलिक गीत ‘मन भरी सम्झना माइती देशैको’ सार्वजनिक

नेपाली महिलाहरूको महान् पर्व तीजको अवसरमा केपी गौतम (विष्णु) र निर्मला सिंजाली मगरको तीज गीत मनभरी सम्झना माइती देशैको सार्वजनिक भएको छ । गौतम म्युजिक एण्ड टाइम प्वाइन्ट युटुब च्यानलबाट ‘तीज गीत मन भरी सम्झना माइती देशैको’ सार्वजनिक भएको छ।

गीतको शब्द केपी गौतम (विष्णु) ले लेखेका छन् भने निर्मला सिंजाली मगरको सुमधुर स्वरले गीतमा जीवन्तता थपेको छ। गीतमा माइती देशको सम्झना र तीजको उत्साहलाई मार्मिक रूपमा व्यक्त गरिएको छ।
गीतले माइतीप्रतिको माया, तीजको रमझम र छोरीहरूको भावनालाई जीवन्त रूपमा चित्रण गरेको छ। शेर बहादुर आचार्य (गाइने) को लय, प्रभात सुवेदीको थेगो र पूर्ण संयोगको एरेन्जमेन्टले गीतलाई थप कर्णप्रिय बनाएको छ। मालाश्री स्टुडियोमा रेकर्ड गरिएको यो गीतको रेकर्डिङ गोविन्द पराजुली र सागर बाजुरालीले गरेका छन्।

भिडियोमा निशा मगरको अभिनय रहेको छ भने प्रेम बहादुर थापा (मगर यामु १२१५) को निर्देशन र हेमन्त कंडेलको छायांकनले भिडियोलाई आकर्षक बनाएको छ। म्युजिक भिडियो मानबहादुर वलीको सम्पादन, भीम पौडेलको प्रकाश व्यवस्था, सविता राना र दुर्गा शर्माको मेकअप रहेको छ ।

गीतका निर्माता गौतमले यो गीतले तीजको रौनकलाई थप जीवन्त बनाउने र माइती देशको सम्झनालाई हरेक नेपालीको मनमा पु¥याउने विश्वास व्यक्त गरेका छन्। दर्शकहरूलाई यो गीतलाई युटुबमा हेरेर माया र समर्थन प्रदान गर्न निर्माण टिमले अनुरोध गरेको छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close