प्रहरीले बल प्रयोग गर्दा ७ जना घाइते, कर्फु लागु

सुर्खेत १४, माघ ।
टिप्परले किचेर मृत्यु भएका केशर सिंहको समर्थनमा भएको आन्दोलनमा प्रहरीले चलाएको रवरको गोली लागि ७ जना घाइते भएका छन् । आन्दोलनकारीको ढुंगा लागि ४ जना प्रहरी घाइते भएका छन् । भिड नियन्त्रणमा लिनका लागि दर्जनौं राउण्ड अश्रुग्याुस र गोली चलाएको हो । प्रहरीले स्थित नियन्त्रणमा लिन चलाएको गोली लागि कालिकोटका कमान सिंह, मिना शाही, नरेन्द्र शाही, डिलबहादुर शाही, दैलेखका हृदेश कुमार शाही, गोपालकुमार शाही र जुम्लाका महेश गौतम घाइते भएका छन् ।
कालिकोट महावै गाउँपालिका ३ सिमखेत घर भएका सिंहलाई वीरेन्द्रनगर ३ गौतम चौकमा भे १ ख २२४२ नम्बरको टिप्परले भे १ प २१७८ नम्बरको मोटरसाईकलमा ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको थियो ।
प्रहरीले घटनास्थलबाट लास उठाउन बल प्रयोग गरेर लास उठाएको छ । सिंहका आफन्तले अहिले पनि यरिचौक, मंगलगढिचौक र गौतम चौक लगायत मुख्य बजार क्षेत्रमा नाराबाजी गरेका छन् । सिंहका आफन्तले बजार क्षेत्रका प्रहरी विट, जनचेतनामुलक बोर्ड लगायत तोडफोड गरेका छन् । आन्दोलनका कारण मुख्य बजार बन्द छ भने विद्यालयबाट घर फर्कने बालबालिकालाई समस्या परेको छ ।
जिल्ला प्रशासन कार्यालयले सवैलाई संयमित हुन आह्वान गरेको छ । जिल्ला प्रशासनले साझ ६ बजेदेखि विहान ६ बजेसम्म लागुहुने गरी पूर्वमा इत्राम खोला, पश्चिममा बांगेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५ सय क्षेत्रसम्म कर्फु जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close