ओली कम्युनिस्टको नाममा कुलङ्गार हुन्ः माधव नेपाल

सुर्खेत,८ माघ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्टको नाममा कुलङ्गार भएको आरोप लगाएका छन् ।
गणतन्त्र ल्याउनमा ओलीको कुनै पनि योगदान नभएको उल्लेख गर्दै गणतन्त्रप्रति ओलीको दृष्टिकोण नकरात्मक रहेको दाबी गरे ।
बिहीबार वीरेन्द्रनगर सुुर्खेतमा गरिएको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘अहिलेका प्रधानमन्त्री केपी ओली कम्युनिस्टका नाममा कुलङ्गार हुन्, मैंले लगाएको गुन बिर्सिए, झापाबाट भागेर दुई महिनासम्म मैंले आðनो कोठामा राखेर उहाँलाई लुकाएँ,’ अध्यक्ष नेपालले भने, ‘राजनीतिमा निकै मेहनतका साथ आफुसँगै निरन्तर अगाडी बढाएँ, तर अहिले उहाँ एकैपटक यहाँसम्म आइपुगेको होकी जस्तो गर्नुहुन्छ ।’
‘प्रधानमन्त्री ओलीको गणतन्त्र ल्याउनमा कुनैपनि योगदान छैन, त्यसैले उनलाई यसको मायाँ लाग्दैन,’ अध्यक्ष नेपालले भने, ‘आðनो कुर्चीको आयु बढाउनका लागि गरिएको असंवैधानिक कदमलाई परास्त गरी छाड्छौं ।’
उनले जनताको बलिदानी र त्यागबाट जन्मेको संविधानलाई कुल्चिँदै गरेको प्रतिगमन विरुद्ध कर्णालीले पनि आवाज उठाएको प्रति खुसी व्यक्त गरे ।
‘ओली पहिलेदेखि नै स्वार्थको भुमरीमा फसेका थिए, कुनै अवसर र देशका विषयमा आðना नाता गोता र आसेपासेलाई भर्ति गर्ने र पार्टीको कुनैपनि निर्णय र सुझाव नमानी तानशाह प्रवृति देखाए, एमाले पार्टी पनि दर्ता गराए,’ अध्यक्ष नेपालले भने, ‘यस्ता व्यक्त कम्न्युष्ट पार्टीको साधारण सदस्य समेत हुन सुहाउँदैन, त्यसैले आजका मितिदेखि उनलाई सामान्य सदस्यबाट समेत पार्टीले हटाएको छ ।’
ओलीले तानाशाह प्रवृतिले जे भन्यो त्यहि मानेर टाउको हल्लाउनुपर्ने स्थिति आएपछि बहुमत सहित आफुहरु जनताको बिचमा आएको बताए ।
अध्यक्ष नेपालले १०४ वर्षको राणा शासन, ३० वर्षको पञ्चायती शासन, ज्ञानेन्द्रको चार वर्षीय तानाशाही व्यवस्थालाई ढालेको इतिहाँस सम्झाउँदै ओलीको तानशाह पनि परास्त हुन धेरै दिन बाँकी नरहेको बताए ।
‘चार सय ३४ जना केन्दीय सदस्य र स्थायी कमिटी मध्ये तीन सय १५ जना हामीतिर छन् । राष्ट्रिय सभामा पनि हाम्रै बहुमत छ र पनि ओली अल्पमतमा भएकै कारण चोकचोकमा पद बाँड्दै झुटको खेती गरिरहेका छन्,’ उनले भने ।
सुर्य चुनाव चिन्ह आफुहरुको र बहुमत पनि आðनो भएकोले सबै कार्यकर्ता र नागरिकहरु एक ढिक्का भएर लाग्नुपर्ने अध्यक्ष नेपालको भनाई छ ।
अहिलेसम्म नेकपा र आम नागरिकलाई ओलीले दिँदै आएको दुःखको जवाफ जनताले फर्काउने नेकपा प्रचण्ड–माधव समूहका कर्णाली प्रदेशका इन्चार्ज तथा पुर्व मन्त्री जनार्दन शर्माले बताए ।
‘ओलीले आðना आसेपासे र वरिपरीकालाई मात्रै आँखा देख्ने र जनताको समस्याप्रति ध्यान नदिनु नै पार्टीभित्रको आन्तरिक विवादहो,’ इन्चार्ज शर्माले भने, ‘ओलीको शैली नै भष्माशुर छ, जुन भ¥याङ चढेर माथि पुग्नुहुन्छ त्यही भ¥याङलाई ढलाईदिनुहुन्छ ।’
‘यो पद प्रतिष्ठाको होइन लडाइँ होइन,’ उनले भने, ‘नागरिकले संविधानले दिएको अधिकार उपभोग गर्न पाउनु पर्छ ।’
यस्तै कर्णाली प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रधानमन्त्री केपी शर्मा ओलीले बाँदरे प्रवृत्ति देखाएको टिप्पणी गरे ।
‘चुनावपछि प्रधानमन्त्री ओली समूहलाई टर्च लगाएर खोज्नु पर्छ । हाम्रोे चुनाव चिन्ह सूर्य र झण्डाले आधिकारिकता पाउने छ,’ मन्त्री ज्वालाले भने, ‘ओलीको बाँदरे प्रवृतिका कारण उनको चुनाव चिन्ह बयलगाढा र बाँदर अंकित झण्डा हुनेछ ।’
यस्तै नेकपाका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री शक्तिबहादुर बस्नेतले केपी ओलीले पतनको बाटो सुरु गरेको बताए ।ओलीले काम भन्दा बढी गफ गर्ने सिद्धान्तका कारण देशले ठुलो घाटा व्यहोरेको बताए ।
राष्ट्रिय सभा सदस्य तथा नेकपा कर्णाली प्रदेश कमिटीका अध्यक्ष मायाँ प्रसाद शर्मा, नेकपा कर्णाली प्रदेश सभा संसदीय दलकी सचेतक सिता नेपाली, नेकपाका नेता मोहन सिं बडुवाल, विद्याथी नेता पञ्चा सिंहले प्रधानमन्त्री ओली प्रगिमनको मतियार भएको बताएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close