समझीघाटमा मलामीको सहजताका लागि समाजसेवी विष्णु खड्काको सहयोग

सुर्खेत । वीरेन्द्रनगर– ११ स्थित समझीघाट वीरेन्द्रनगरवासीका लागि अन्तिम दाहसंस्कारको मूख्य स्थल मानिन्छ । तर, यहाँ सामान्य पूर्वाधार समेत नहुँदा मलामी गएकाहरुलाई समेत सास्ती हुने गरेको थियो ।
यहि समस्यालाई समाधान गर्न समाजसेवी विष्णु खड्काले बुधबार मलामीलाई सहज हुनेगरी होमपाइपको व्यवस्था गरेका छन् । यहाँ दाहसंस्कार गर्न गएका मलामीहरुलाई होमपाइपकै अभावका कारण खोला तर्न समस्या हुने गरेको थियो । जहाँ हरेक दिनजसो प्रदेश सरकारका मन्त्रीदेखि सांसद र स्थानीय सरकारका जनप्रतिनिधिसम्म जाने गरेका थिए । समाजेवी खड्काले सवडिभिजन कार्यालय सुर्खेतसँग समन्वय गरेर खोलामा होमपाइप हालेका हुन् । होमपाइप हालेपपछि मलामीहरुलाई आवजतजावतमा सहज हुने भएको छ । समझी घाट सुर्खेतकै प्रमुख दाहसस्कार गर्ने स्थलका रुपमा समेत परिचित छ ।
यहाँको समस्या धेरै समयसम्म पनि समाधान नहुँदा आफुले यसको पहल गरेको खड्काले बताए ।
‘काम सानो हो । तर, यसमा ध्यान कसैको गएको थिएन,’उनले भने, ‘मैले सडक डिभिजनसँग समन्वय गरेर होमपाइप राखेपछि आवतजावतमा सहज भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close