बिमा रकमका लागि धर्मपुत्रको हत्या

बेलायतमा रहँदै आएका एक जोडीले भारतबाट एक बच्चालाई धर्मपुत्र बनाएका थिए । तर, पछि बिमा रकमको लोभमा हत्या गरेको पाइएको छ ।

दुई करोड ४० लाख बिमा रकमको लोभमा धर्मपुत्रको हत्या गरेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

हत्या गरे पनि यो जोडी कानुनबाट बचेर बेलायतमा खुलेयाम घुमिरहेका छन् । भारत सरकारले यो जोडीलाई कानुनी दायरामा ल्याउन प्रयास गरिरहेको छ ।

यूरोपको मानवअधिकार कानुनका कारण कानुनी प्रक्रिया पूरा हुन नसकेको हो ।

डेली मेलको रिपोर्ट अनुसार ५५ वर्षीया आरती धीर र ३१ वर्षीय उनका पति कवल रायजादा बेलायतको हिथ्रो विमानस्थलका पूर्व कर्मचारी हुन् ।

यो जोडीले २०१५ मा भारत गुजरातको मालिया हटिना गाउँबाट अनाथ बच्चा गोपाल सेजानीलाई धर्मपुत्रका रुपमा लिएका थिए ।

धर्मपुत्रका रुपमा लिएको केही समयपछि नै उनीहरुले ‘वेल्थ बिल्डर इन्स्योरेन्स’ कम्पनीबाट बिमा पोलिसी खरिद गरेका थिए ।

काख लिएको दुई वषपछि गोपालका एक नातेदार राजकोट गएका थिए । फर्किने क्रममा गोपाल र उनका आफन्तमाथि दुई अञात व्यक्तिले चक्कुले हमला गरेका थिए ।

हमलामा दुवै जनाको घटनास्थलमै मृत्यु भयो ।

रायजादाको फ्ल्याट शेयर गरेर बसेका नीतिश मुन्दले गोपालको हत्याका लागि योजना बनाइएको र त्यसका पैसा दिएको पनि प्रहरी समक्ष बयान दिएका थिए । अहिले नीतिश जेलमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close