विश्वभर हालसम्म कोरोना भाइरसबाट ६ लाख ९७ हजारभन्दा बढीको मृत्यु

विश्वभर हालसम्म कोरोना भाइरसबाट ६ लाख ९७ हजारभन्दा बढीको मृत्यु  भएको छ ।

हालसम्म विश्वभर ६ लाख ८९ हजार २४५ जनाको मृत्यु भएको छ भने विश्वभर संक्रमितको कुल संख्या १ करोड ८४ लाख  ४७ हजार ७ सय ५९ रहेका छ । विश्वभर १ करोड १६ लाखभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् । विश्वभर निको हुने कुल संक्रमितमध्ये करिब ६३ प्रतिशत रहेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित संयुक्त राष्ट्र अमेरिकामा हालसम्म १ लाख ५८ हजार  ९े३० जनाको मृत्यु भएको छ ।

यस्तै संक्रमितको संख्या ४८  लाख ६२ हजार २१० रहेको छ । उपचारपछि घर फर्किएको संख्या २४ लाख ४६ हजार ७९८ रहेको छ । अमेरिकामा हाल १८ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा हालसम्म २७ लाख ५१ हजार ६६५ जना संक्रमित भएका छन् भने ९४ हजार ७०२ जनाको मृत्यु भएको छ ।

भारतमा संक्रमितको संख्या दिन प्रतिदिन बढदो क्रम रहेकबो छ । हालसम्म भारतमा १८ लाख ५६ हजार ७५४ संक्रमित रहेका छन। भने ३८ हजार ९९३ जनाको मृत्यु  भएको छ ।

त्यस्तैगरी रसियामा १४ हजार २०७ , मेक्सिकोमा ४८ हजार १२  जनाको मृत्यु  भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close