Murti

चीनबाट ल्याइने विद्यार्थीको लागि ६० जना स्वास्थ्यकर्मी परिचालन गरिने

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिनबाट उद्धार गरि नेपाल ल्याइने विद्यार्थीको लागि ६० जना स्वास्थ्यकर्मी परिचालन गर्ने भएको छ। मन्त्रालयका प्रवक्ता सागर दाहालले ६० जना स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको जनाएका छन्।

दाहालले क्वारेन्टाइनमा राखिने नेपालीको स्वास्थ्य निगरानीमा खटिने ६० जना चिकित्सकलाई स्वास्थ्य मन्त्रालयले आज (सोमबार) अभिमुखीकरण तालिमसमेत दिने भएको बताएका छन्। आज २ बजे इपीडीयोलोजी तथा रोग नियण्त्रण महाशाखा टेकुमा हुने तालिममा क्वारेन्टाइनमा कसरी राखिने, स्वास्थ्यकर्मीले कसरी काम गर्ने र शंकास्पद अवस्थम आइलागेमा के गर्ने भनेर सिकाउने उनले जानकारी दिए।

निगरानीमा खटिने ६० जना स्वासथ्यकर्मी फरक–फरक अस्पतालमा कार्यरत रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रका प्रवक्ता डाक्टर अनुप बास्तोलाले जानकारी दिए। मन्त्रालयले छुट्याएको ६० जनामा मेडिकल अफिसर, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, पारामेडिक्स लगायतका स्वास्थ्यकर्मी छन्।

चीनको वुहानमा रहेका १ सय ८० जना विद्यार्थीलाई सरकारले नेपाल ल्याउने तयारी गरेको छ। गत बिहीबारको मन्त्रिपरिषदको बैठकले भक्तपुरको खरीपाटीमा क्वारेण्टाइनमा राख्ने निर्णय गरेको थियो।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close