सवारीसाधनमा आजदेखि पुन: जोरबिजोर प्रणाली

कोरोना संक्रमितको संख्या बढ्दै गएर समुदायस्तरमै महामारी बढ्ने जोखिम बढेपछि सरकारले आजदेखि सवारीसाधनमा पुन: जोरबिजोर प्रणाली लागू गरेको छ।

गृह मन्त्रालयले हिजो एक सूचना निकालेर जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने जनाएको छ।

सवारीसाधनमा लगाइएको जोरबिजोरको नियम काठमाडौं उपत्यका र २०० बढी सक्रिय कोरोना संक्रमित भएको जिल्लामा लागू हुनेछ।

कोरोना भाइरस संक्रमण रोकथाम, उपचार र नियन्त्रणका लागि ११ चैतदेखि लागू गरिएको लकडाउन संक्रमण दर घटेको ठहरसहित ७ साउनबाट हटाइएको थियो।। त्योसँगै छोटो दूरीका सार्वजनिक सवारी, होटल/व्यवसाय खुलाइएका थिए।

तर, सार्वजनिक स्थलहरूमा पुन: भीड बढ्न थालेको र सर्वसाधारणले कोभिड-१९ को जोखिमलाई बेवास्ता गरेकोले समुदायस्तरमै संक्रमण फैलिनसक्ने भन्दै पुन: लकडाउन गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन्।

लकडाउन खुलेयता दिनहुँ संक्रमित थपिएसँगै सरकारले कोभिड-१९ विरुद्ध नयाँ योजनाहरू अघि सार्न गृहकार्य थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close