जेष्ठ नागरिकलाई सम्मान तथा वडा भित्रका उत्कृष्ट विद्यार्थीलाई पुरुस्कार वितरण

वीरेन्द्रनगर वडा नं. १६ गर्पनमा वडा कार्यालयले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण तथा वडा भित्रका उत्कृष्ट विद्यार्थीलाई पुरुस्कार वितरण गरेको छ । वडा क्षेत्रका करिव ४२ जना जेष्ठ नागरिकलाई सम्मान स्वरुप जाडोमा लगाउन मिल्ने न्यानो कपडा वितरण गरिएको हो ।
वडाको आ.ब. २०७६र०७७ को बजेट मार्फत वडा भित्रका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको वडा कार्यालयका ललितबहादुर वलीले जानकारी दिनु भयो । कार्यक्रममा वडा भित्र रहेका कालिका आधारभूत विद्यालय भित्रीखोला, सरस्वती आधारभूत विद्यालय लेहँडा, विश्वकाली आधारभूत विद्यालय सानीलेख, सूर्य आधारभूत विद्यालय गर्पन र आदर्श मावि मेहेलीमा कक्षा १ देखि ५ सम्म अध्ययन गरी उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको छ । अघिल्लो शैक्षिकसत्रमा प्रथम, दोश्रो र तेस्रो स्थान ल्याउने विद्यालयका बालबालिकालाई वडा कार्यालयले पुरस्कार वितरण गरेको हो ।
वडा अध्यक्ष पूर्ण बहादुर ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडामा स्थायी बसोबास गर्ने जेष्ठ महिला सदस्य मनसरा खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वडा सदस्यहरु लगायत ५ वटै विद्यालयका प्रअहरुको सहभागिता रहेको थियो ।

तस्विरमा हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close