पातिहाल्ना, पोखरा सडक उद्घाटन

गुर्भाकोट नगरपालिका वडा नम्वर ४ स्थित पातिहाल्ना, पोखरा सडक बाटो एक समारोहका बीच उद्घाटन गरिएको छ ।
कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्टले उक्त सडकको उद्घाटन बुधबार गरेका हुन । उद्घाटन समरोमा बोल्दै बिष्टले यहाँका जनता र समृद्ध विकास निर्माणको अभियानमा आफू कटिबद्ध रहेको बताए । वडा नम्वर ४ र ५ जोड्ने गोछेखोला पक्की पुल निर्माणको लागी सर्वेक्षणको काम भैसकेको र अन्ने कामको तयारी रहेको र द्धन् सेवा विस्तार पनि हुने बताएका हुन ।
आफ्नो क्षेत्रको विकासको लागि जनता स्वयंम आफै पनि काममा अगाडि बढ्नुपर्ने भन्दै, त्यसको लागि प्रदेश सरकारका काममा आफुले सहजीकरण गर्न सकिने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै वडा अध्यक्ष प्रशन्न शाहले आफू पनि वडाका जनताको सेवामा सधै तत्पर रहेको बताए । वडाबाट हुन सक्ने कामहरुमा कुनै बाधा नभएको बताउदै क्षेत्रको मुख्य चुनौतीमा रहेको कृषि सिचाईको लागि लिफ्ट सिचाईको लागि पनि पहल गरिदिन सांसद बिष्ट संग आग्रह गरे ।
कर्णाली प्रदेश पूर्वाधार विकास कार्यक्रम अन्तरगत ५३ लाखको ५५ हजार ४ सय १९ विनियोजित बजेट र उपभोक्ता समितिको ७ लाख ४ सय १९ मा सडक ग्रावेल गरिएको हो ।
सडक पातिहाल्ना, पोखरा हुँदै वडा ५ थक्लेनी, कुर्मी जोड्ने सडक ग्रावेल हुँदा वडा ४र५ का बासिन्दा लगाएतले खुसि व्यक्त गरेका छ्न । लामो समय पछि सहज रुपमा बजार पुगिने र पहिलेको जस्तो पानी पर्दा कुनै चिन्ता लिनु नपर्ने स्थानीयको भनाई छ । पानीपर्दा पैदल समेत हिड्न कठिन हुनेहुँदा अहिले ग्रावेल भएपछि निकै सहज भएको हो । जसले गर्दा यहाँ कृषि उत्पादित बस्तु सहजै बजारमा पुर्याउन सकिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close