आज तीन वटा संसदीय समितिको बैठक बस्दै

आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअनुसार आज बिहान साढे ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै साढे ११ बजे नै विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा विधायन सम्बन्धी विधेयक, २०८० मा दफावार छलफल हुनेछ ।

यसैगरि दिउँसो ३ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close