कर्णाली उत्सव आजदेखि सुरु

‘कर्णाली उत्सव कुडा कर्णाली’को चौथो संस्करण सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा आजदेखि सुरु हुँदैछ । तीन वर्ष अघिदेखि सञ्चालन हुँदै आएको कर्णाली उत्सव ‘कुडा कर्णालीका’को चौथो संस्करण आइतबारसम्म चल्ने छ ।
कर्णालीको आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरणका लागि गन्थन, मन्थन र चिन्तन गर्ने साझा थलोको रुपमा उत्सव रहने आयोजक कमिटीका संयोजक कमल लम्सालले बताए । उनका अनुसार तीन दिनसम्म सञ्चालन हुने उत्सवमा १६ वटा विषयगत सत्रहरू सञ्चालन हुनेछन् । त्यस्तै पैकेलोका कथाहरू, लोकबाजाका प्रस्तुतिहरूसँगै विभिन्न विषयमा छलफल हुनेछन् ।
आज बिहान ११ बजे उत्सवको उदघाटन कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गर्नुहुनेछ । त्यसअघि बाजासहित र्‍याली निकालिएको छ ।
उदघाटन सत्रमा कर्णाली उत्सवको चौथो संस्करणसम्मको यात्रा, वीरेन्द्रनगरमा स्वागत, हामी कसरी जोडियौं, कर्णाली उत्सवदेखि लाम्रा संवादसम्म लगायतका उत्सवसँग सम्बन्धित विषयमा यसमा जोडिएका व्यक्तिहरूबाट प्रस्तुति रहने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close