बानेश्वरमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’को प्रदर्शन

काठमाडौंको बानेश्वरमा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’को प्रदर्शन भएको छ।
व्यवसायी प्रसाईँ नेतृत्वको महअभियानले काठमाडौंको माइतीघरमा भेला भइ नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो । शनिबार दिउँसो माइतीघर मण्डलामा भेला भएर नाराबाजी गर्दै प्रदर्शनकारीहरू नयाँ बानेश्वर पुगेका हुन्।
पूर्व राजा ज्ञानेन्द शाहलाई उपस्थित गराई झापाबाट सुरु भएको प्रसाईँको अभियानले देशका विभिन्न शहरमा प्रदर्शन गरिसकेको छ ।
दुर्गा प्रसाईँ नयाँ बानेश्वरमा शनिवार एक कार्यक्रमको आयोजना गरी बैंक तथा वित्तीय संस्था र राजनीतिक दलका नेताहरूमाथि खनिएका छन् ।
उनले भने, ‘सामन्तीहरूले बैंकको नाममा सबैको पैसा लुट्दैछन् । मान्छेको घरजग्गा लिलाम गर्दैछन् । पहाडमा घोडा चढेर हिँड्ने सामन्तीहरू, तीन रुपैयाँ ब्याजमा पैसा लगाउने सामन्तीहरू आज बैंकको नाममा सहरमा छिरेका छन् । लघुवित्त र सहकारीका नाममा गाउँमा छिरेका छन् ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close