Murti

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
केहीबेरअघि बालुवाटार पुगेका ओली र प्रधानमन्त्री प्रचण्डको भेटवार्ता जारी रहेको छ। राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताइरहेका प्रचण्डले यसअघि चार दलसँग छलफल गरिसक्नु भएको छ।
प्रचण्ड कांग्रेस नेतृत्वको पुरानै गठबन्धनको पक्षमा उभिएपछि ओली निर्णायक छलफलका लागि बालुवाटार पुग्नुभएको हो ।
चार दलको बैठक बेलुकी ५ बजेपछि फेरि बस्ने तयारी छ। त्यसअघि एमाले अध्यक्ष ओलीसँग समेत सोही विषयमा प्रचण्डले छलफल गर्दैछन्। एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा पुस १० गते गरेको सहमति कार्यान्वयन हुनुपर्ने बताउँदै आइरहेको छ ।
प्रचण्डले पूर्वसहमति अनुसार एमालेलाई राष्ट्रपति नदिने देखेपछि ओलीले नेकपा एसका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका थिए ।

 

 

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close