कर्णाली प्रदेशमा संक्रमितको संख्या १ सय २३

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय २३ पुगेको छ । आइतबार थप १८ जनामा पुष्टि भएसँगै संक्रमितको संख्या १ सय २३ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म कर्णालीका चार जिल्ला दैलेख, कालिकोट, सल्यान र सुर्खेतमा संक्रमित भेटिएका छन । थपिएका १८ मध्ये १७ जना दैलेखका हुन् । यो सँगै प्रदेशमै सवैभन्दा बढि संक्रमण दैलेख जिल्लामा देखिएको छ । दैलेखमा संक्रमितको संख्या ४८ पुगेको छ ।
त्यस्तै सुर्खेतमा २९ जना, सल्यानमा २५ जना, कालीकोटमा १८ जना र मुगुमा १ जनामा कोरोना पुष्टि भएको छ । बाजुरा र बझाङका २ जना पनि कर्णालीमै उपचाररत छन ।
यसैबीच एकजनाको भने कोरोना संक्रमणबाट मृत्यु भएको छ । दैलेखका ३५ वर्षीय युवाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close