
नेकपा माओवादी केन्द्रले दुई महिना लगातार पार्टी सुदृढीकरण अभियान चलाउने भएको छ ।
वरिष्ठ उपाध्यक्ष तथा प्रवक्त कृष्णबहादुर महराका अनुसार उक्त अभियान यहीँ महिनाको २६ गतेदेखि शुरू गरिने भएको हो ।
माघ २६ गतेदेखि फागुन ५ गतेसम्म प्रदेश समन्वय समिति इञ्चार्जको नेतृत्वमा प्रदेश पदाधिकारीहरूको समन्वय समितिको बैठक बस्ने छ ।
सो बैठकले स्थानीय तहको फिल्डको जिम्मेवारी लिई बुझ्ने छ ।