ब्यवसायीक खेती गर्दा आम्दानी राम्रो

कमल कुमार न्यौपाने
श्रावण सुर्खेत । नेपालमा परापुर्वकाल देखि परम्परागत खेती गर्दै आईएको छ । यसरी खेती गर्दा घरपरिवारलाई खान पुग्ने गरिमात्र खेती गर्ने चलन चल्दै आएको छ । तर पछिल्लो समय मानिसहरुले खेती गर्ने तरिकाहरु फेर्न थालेको पाईन्छ । यस्तै सुर्खेतको पञ्चपुरी नगरपालिका कृषकहरु ब्यवसायीक खेतीमा आकर्षित भएका छन् । टनेल बनाएर तरकारी खेती गर्दा परम्परागत खेतीबाट भन्दा बढी आम्दानी भएपछि ब्यवसायीक खेती गर्नेको संख्यामा बृद्दी हुदा हाल गाउँमा बसोबास गर्न सबैले ब्यवसायीक खेती गर्दा आम्दानी समेत बढेको हो ।
सुर्खेतको पञ्चपुरी नगरपालिका ४ बरैचेमा १०० भन्दा धेरै घरधुरी छन् । अधिकान्स घरपरिवारले अहिले परम्परागत शैली गरिने खेतीलाई छोडेर टनेल निर्माण गरी ब्यवसायीक खेती गर्न थालेका छन् । बेमौसमी तरकारी उत्पादन गर्न सकिने, रोग, किरा तथा पानीबाट सुरक्षित भइ उत्पादन बढ्ने र आम्दानी पनि ज्यादा हुने भएपछि टनेल निर्माण गरी खेती गर्न थालिएको कृषकहरुको भनाई छ ।
कृषकहरुले तरकारी उत्पादन राम्रै गरेता पनि उक्त तरकारीले उचित बजार नपाउने गरेको गुनासो गरेका छन् । तरकारी बिक्रीका लागि प्रत्येक शनिबार नजिकैको बाबियाचौर बजारमा हाटबजार लाग्ने गरेता उत्पादन गरेको सबै तरकारी बिक्री नहुने समस्याले किसानहरु समस्यामा परेका छन् ।
टनेल बनाएर खेती सहज हुने र असिना, शीतका कारण क्षति पनि नहुने भएपछि उत्पादन तथा आम्दानी बढेको छ । यता पञ्चपुरी नगरपालिकाले ब्यबसायी खेती गर्न किसानका लागि किटनाशक औषधी तथा ब्यवसायी तरकारी खेती केन्द्रित कार्यक्रम संचालन गरी अनुदान सहयोग गर्न गरेको बताएको छ ।
कृपकहरु उत्पादन गरेको तरकारीले उचित बजार पाउने सक्ने हो भने ब्यवसायीक खेतीमा कृषकहरुको सहभागिता राम्रो रहन सक्छ । पालिकाले पनि उत्पादित तरकारीलाई बजारीकरणमा सहयोग गर्न सकेमा कृषकहरु पनि प्रत्यक्ष कृषिमा संलग्न भएसँगै आत्मनिर्भर बन्न सक्नेछन् । तरकारी खेती राम्रो गर्न सकेमा आम्दानीको पहिलो स्रोतको रुपमा पनि लिन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close