आतंकवादको विरूद्ध लड्न विश्वव्यापी समन्वय र सहकार्यको आवश्यक: कतारी उपप्रधान अलथानी

दोहा  ।

कतारले आतंकवाद विरूद्द संधै प्रतिवद्द रहेको जनाएको छ । आतंककारी गतिविधिका कारण पीडित धएकाप्रति कतारले सदैव सहानुभुतिको भाव राख्दछ र उनीहरूको घाउमा मल्हम लगाउंने काममा कतार सरकार संधै दृढ संकल्पित छ ।

 

उपप्रधान एवं परराष्ट्रमन्त्री शेख मेहम्मद विन अब्दुलरहमान अलथानीले हिजो संयुक्त राष्ट्र संघका प्रमूखअहरूको आतंकवाद विररूद्द एकताबद्द राष्ट्रप्रमुखहरूको दोस्रो सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उपप्रधानमन्त्री अलथानीले आतंकवादलाई निर्मुल पार्न अन्तर्राष्ट्रिस्तरकै उच्चस्तरको समन्वय र सहकार्यको

आवश्यकता रहेको बताउंनुभयो । उहांले विश्वस्तरीय समन्यमा सहकार्य गर्न कतार आफ्नो तर्फबाट प्रतिवद्द रहेको पनि बताउंनुभयो।उपप्रधानमन्त्री अलथानीले भन्नुभयो, “आतंकवाद र हिंस्रक उग्रवादका कारण विश्व नै आक्रान्त बन्नुपरेको छ । यसलाई निर्मुल पार्न शिक्षा स्वास्थ्य, प्रविधके क्षेत्रमा समान वितरण तथा सबैको पहुंचलाई सुनिस्चत तथा व्यवस्थित पनि गर्नुपर्ने हुन्छ। उहांले भन्नुभयो, आतंकवाद रोक्नको लागि कतारले गत वर्षको डिसेम्बरमा एउटा कार्यालयको व्यवस्था गरेको छ ।

त्यहिबाट शान्ति प्रकृयाका विभिध काम पनि भैरहेको छ । कतारले आफूलाई आतंकवाद विरूद्द् योगदान पुर्‍याउनको लागि तत्पर रहेको बताएको छ, साथै कतारले आतंकवाद विरूद्द् संसदबाटै संकल्प प्रस्ताव पारित गरेर सहकार्य गर्दै अघि बढ्ने बताएको छ । उपप्रधानमन्त्री अलथानीले संयुक्त राष्ट्रसंघले पारित गरेका आतंकवाद विरूद्द्का संकल्प प्रस्ताव कतारले पुर्ण रूपमा पालना गर्ने बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close