सर्जक रेग्मीको ‘कता हिडेकी’ (भिडियाे सहित)

सर्जक तथा संगीतकार कुमार रेग्मीको कता हिडेकी गीत सार्वजनिक भएको छ । सर्जक रेग्मीले कता हिडेकी गीतको म्युजिक भिडियोमा माया प्रेमको कथालाई समेटेका छन् ।
बाल्यकालदेखि नै गीत संगीतप्रति रुची राख्ने रेग्मीले नयाँ सार्वजनिक गरेको गीतमा मनपरेकी प्रेमिकालाई आफ्नो बनाउन अनेकौं भावना अभिव्यक्त गरेको गीतमा कथा समावेश गरेका छन् । लय र शव्द रेग्मीकै रहेको गीतमा गायक जोसेफ शाहीले स्वर दिएका छन् । गीतमा मोडल मिस पवि, विनयकराज पोखरेल र कुमार रेग्मीको अभिनय छ ।

ललितपुरका विभिन्न स्थानका दृष्य समावेश गरिएको म्युजिक भिडियोको छाँयाकन गौरव गिरीले गरेका छन् । भाग्य, दैलेख बजार, दुखारी मन, माया गर्दा, म एक्लैछु, सिमल फुलेको लगायतका गीत एवम म्युजिक भिडियो बजारमा ल्याइ सकेका रेग्मीले कला संस्कृतिको सरंक्षणका लागि नेपाली संगीतमा योगदान दिदै आएका छन् ।

सरकारी सेवामा कार्यरत रेग्मी विशुद्ध एकल लगानीमा नयाँ नयाँ गितहरू सार्वजनिक गर्दै आइरहेका छन् । कर्म सरकारी सेवा बनाएपनि रेग्मी विवादरहित राष्ट्रसेवकका रूपमा चिनिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close