
सुर्खेत २४, पुस ।
चिल्ड्रेन प्याराडाइज स्कुल प्रा.लि.को सत्रौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा कम्पनीका प्रवन्ध सञ्चालक यदु ज्ञवालीले चालु आर्थिक बर्षका लागि ६ करोड ९७ लाख २० हजार बराबरको संशोधन बजेट पेश गर्नुभएको थियो भने आगामी आर्थिक बर्षका लागि ८ करोड ५ लाख ६ हजार सात सय सत्ताइस रुपैया बराबरको बजेट पेश गर्नु भएको थियो ।
हाल स्कुलले कोभिड १९ का कारण विद्यार्थी संख्यामा कमी भएपनि आगामी शैक्षिक सत्रमा १ हजार १ सय भन्दा बढि विद्यार्थी हुने अनुमान गरेको छ । आफ्नै भौतिक संरचनामा सञ्चालित विद्यालयमा हाल ८ सय ४० विद्यार्थीले अध्ययन गरिरहेको प्रबन्ध सञ्चालक ज्ञवालीले जानकारी दिनुभयो । नर्सरी देखि कक्षा १२ सम्म सञ्चालित विद्यालयमा हाल ५६ जनाले प्रत्यक्ष रोजगार भएको उहाँले बताउनु भयो ।
कार्यक्रम प्रा.लि.का अध्यक्ष शरद पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रा.लि.का सल्लाहकार कमलराज रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाका ४६ जना शेयर सदस्य रहेको प्रा.लि.को साधारण सभाबाट शरद पौडेल, यदु ज्ञवाली, सुरज प्रसाद आचार्य, किरण बस्नेत, प्रदिप्त पौडल, राधाकुमारी ढकाल, नेत्रा रेग्मी, नवराज खड्का, काशिराम भट्टराईलाई सञ्चालक समितिका लागि छनौट गरिएको छ ।
बिधालय अन्तराष्ट्रिय रूपमा सार्क स्कुल लगायतका फोरममा सहभागी भै भारत सिंगापुर लगायतका ठाउमा शिक्षक बिद्यार्थी साटासाट कार्यक्रम पनि संचालन भै रहेको छ ।