४ महिनामा १ अर्ब ५ करोड भन्दा धेरैको सूर्ती आयात

चालु आर्थिक वर्षको पहिलो ४ महिनामा नेपालमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको सूर्तीजन्य पदार्थ आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ४ महिने वैदेशिक व्यापारको तथयाङ्क अनुसार नेपालले कात्तिक मसान्तसम्म १ अर्ब ५ करोड १ लाख २ हजार रुपैयाँ बराबरको सूर्ती आयात गरेको छ ।

समिक्षा अवधिमा नेपालले ३ करोड ७३ लाख ३७ हजार रुपैयाँ बराबरको सूर्ती निर्यात पनि गरेको छ । ४ महिनाको अवधिमा १ अर्ब ५ करोड रुपैयाँको सूर्ती आयात हुँदा ३ करोड ७३ लाखको निर्यातसँगै सूतीजन्य पदार्थमा मात्र नेपालको १ अर्ब १ करोड २६ लाख ७५ हजार रुपैयाँ बराबरको व्यापारघाटा व्यर्होनु परेको छ ।

४ महिनाको अवधिमा नेपालको कुल व्यापारघाटा ३ खर्ब ६२ अर्ब २९ करोड १ लाख १३ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.४९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको कात्तिक मसान्तसम्म नेपालको व्यापार घाटा ४ खर्ब १४ अर्ब १ करोड ९८ लाख ३० हजार रुपैयाँ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close