
सर्लाहीमा आज एकै दिन ४२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । आज थपिएका ४२ जना नयाँ संक्रमित कुन कुन पालिकाका हुन् भन्ने पहिचान गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
थपिएका कोरोना संक्रमितहरुको छिट्टै पहिचान गरी जिल्लामा रहेका विभिन्न आईसोलेशन कक्षमा उपचारको लागि पठाइने प्रजिअ पौडेलले जानकारी दिए । यो सँगै सर्लाहीमा कोरोना संक्रमित हुनेको संख्या ८ सय ६७ पुगेको छ भने कोरोना जितेर घर फकर्नेको संख्या ७ सय भन्दा बढि पुगेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
सर्लाहीमा यतिबेला कोरोना संक्रमित व्यक्तिहरुको संख्या तिव्र गतिमा बढदै गएको छ । पछिलो समय अधिकांश कोरोना संक्रमित व्यक्तिहरु समुदाय स्तरकै रहेका छन् । हाल सम्म समुदायस्तरमा मलंगवा, लालबन्दी, बरहथवा लगायतको पालिकाकाहरुको व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । त्यस्तै जिल्लामा स्वाब संकलन पनि तिव्र रुपमा भैरहेको छ ।