मोटरसाइकल दुर्घटना एकजनाको मृत्यु

सप्तरीको बोदेबर्साइन नगरपालिका ५ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
बीआर ३२ वाई ६०५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पोलमा ठोक्किँदा चालक सप्तरी बलान बिहुल गाउँपालिका ४ का ५५ वर्षीय विशो मण्डलको ज्यान गएको हो।
मोटरसाइकलको पछाडि बस्ने त्यही ठाउँका १८ वर्षीय कमलेश कुमार शर्माको भने जीवन ज्योति अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close