तरुण दलले भन्यो : राष्ट्रपति र प्रधानमन्त्री दुबैलाई हटाऔँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन माग गरेको छ।

सरकारले मंगलबार ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश अलोकतान्त्रिक र संविधानको भावनाविपरीत भएको बताउँदै तरुण दलले बुधबार एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउन र प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्तावबाट हटाउन माग गरेको हो।

विज्ञप्तिमा कांग्रेसले सर्वसत्तावादका विरुद्ध सुरु गरेको सडक संघर्ष अझै सशक्त हुने बताइएको छ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close