यी हुन् जोरबिजोर लागू हुने उपत्यका बाहिरका ३२ जिल्ला

सरकारले आजदेखि राजधानी उपत्यका सहित कोभिड महामारीको बढी संक्रमण देखिएका ३२ जिल्लामा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ। दुई सय बढी संक्रमित रहेको जिल्लालाई सरकारले बढी संक्रमित जिल्ला मानेको छ।

तर, राजधानी उपत्यकाका भक्तपुर र ललितपुरमा पनि यो प्रणाली लागू हुने भएको छ। दुई सय संक्रमित नभएपनि उपत्यकाभित्र रहेका यी जिल्लाहरुमा जोरबिजोर लागू हुनेछ।

प्रदेश २ का भने सबै जिल्लामा दुई सय बढी संक्रमित छन्। प्रदेश २ का सप्तरी, सिराहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा र पर्सामा दुई सय बढी संक्रमित छन्। प्रदेश १ का भने झापा र मोरङमा मात्रै दुई सय बढी संक्रमित छन्। यी जिल्लाहरुमा जोरबिजोर प्रणाली लागू हुनेछ।

यस्तै, नवलपरासी, स्याङ्ज्या, पाल्पा, कपिलवस्तु, गुल्मी, बाग्लुङ, प्यूठान, अर्घाखाँची, रुपन्देही, दाङ, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, अछाम, बाजुरा, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र बझाङमा पनि दुई सय बढी संक्रमित छन्।

यी जिल्लाहरुको शहरी क्षेत्रमा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म हिडडुल गर्न समेत रोक लगाइएको छ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close