धनुषा विस्फोटमा संलग्न तीन पक्राउ

जनकपुरधाम । क्षिरेश्वरनाथ नगरपालिका ५ मिलन चोकस्थित राजेश साहको घरमा भएको बम विस्फोटको अनुसन्धानका क्रममा तीन जना पक्राउ परेका छन्। प्रहरी निरिक्षकसहित तीन जनाको ज्यान जाने गरी भएको बम विस्फोट घटनाको अनुसन्धानका क्रममा प्रहरीले शनिबार तीन जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धानको क्रममा दुई महिला र एक पुरुषगरी तीन जनालाई पक्राउ गरेको स्रोतले जनाएको छ। घटनाको बृहत अनुसन्धानका लागि पछिल्ला प्रहरी कार्यालयका अपराध अनुसन्धान शाखाका प्रमुख प्रहरी निरिक्षक उमाशंकर साहको नेतृत्वमा ७ सदस्यीय अनुसन्धान टोलीसमेत गठन गरिएको प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए।

यसैबीच घटना पश्चात शनिबार सुरक्षा समन्वयको बसेको बैठकबाट घटनामा संलग्न अपराधीलाई तत्काल पक्राउ गन सुरक्षा निकायलाई हाईअलर्टमा अनुसन्धानका लागि निर्देशन दिइएको जनाए। बैठकमा गएराति भएको घटना र जिल्लाको सुरक्षा अवस्थाबारे समीक्षा गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए।

‘समीक्षामा प्रहरी निकायबाट भएका कमि कमजोरी तथा आगामी दिनमा यस्ता घटना दोहरिन नदिनसुरक्षा समितिलाई सचेत रहन भनिएको छ’, प्रमुख जिल्ला अधिकारी कणेलले भने,‘रातिको घटना दुःखद र निन्दनीय छ, सुरक्षा निकाय अनुसन्धानमा लागि रहेको छ, अपराधिलाई छिट्टै कानूनको दायरामा आउँछ।’

शुक्रबार मध्यरातमा भएको बम विस्फोट घटनामा प्रहरी निरिक्षक अमिर दाहालसहित राजेस साह र उनका छोरा आनन्द साहको मृत्यु भएको थियो। गम्भीर घाइते भएका प्रहरी निरिक्षक दाहालको उपचारको क्रममा धरान स्थित बीपी कोइराला प्रतिष्ठानमा बिहान ७ बजे र राजेश्वर र आनन्दको घटनास्थलमै मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close