बिगबोसबाट हिमांसी बाहिरिएपछि ‘आसिमांसी’ खोज्दै दर्शक

मुम्बइ । बिगबोस–१३ का एक आकर्षक र बलियो प्रतिष्पर्धी हुन् आसिम रियाज । पछिल्लो समय हिमांसी खुरानासँग उनको जोडी निकै जमेको थियो । तर यो जोडीका अनेक रुप–रंग धेरै समय देख्न पाएनन् दर्शकले । गत साता हिमांसी बाहिरिएपछि पनि उनीहरुका प्रशंसक निराश बनेका हुन् ।

आमिस र हिमांसीका तिनै प्रशंसकहरुले यो जोडीलाई फेरि देख्न चाहेको कुरा व्यक्त गरेका छन् । हालै सामाजिक सञ्जालमा उनीहरुले ‘आसिमांसी’ ह्यासट्याग गर्दै बिगबोसको निर्णयप्रति असन्तुष्टि व्यक्त गरे । आसिमका थुप्रै प्रशंसकले हिमांसीलाई पनि बिगबोसको घरभित्रै आसिमसँगै देख्न चाहेको बताएका हुन् । उनीहरुले ट्वीटरमा ‘वी वान्ट आसिमांसी’, ‘वी वान्ट हिमांसी ब्याक’ जस्ता ह्यासट्याग नै चलाएका छन् ।

यससँगै उनीहरुले घरभित्र छँदा बिताएका पल समेटिएका भिडियो प्रशंसकले ‘शेयर’ गर्ने क्रम बढ्दो छ । मोडलिङमा करिअर बनाउँदै गरेका आसिमले बिगबोसमा आएपछि आफ्नो अशल व्यवहारका कारण सामाजिक व्यक्तित्व बनाइसकेका छन् ।

हिमांसी भने पन्जाबी अभिनेत्री हुन् । हिमांसीको ‘कुल’ व्यवहारका कारण पछिल्ला एपिसोडमा उनलाई मन पराउनेको संख्या बढ्दै थियो । त्यसो त, सलमान खानले समेत हिमांसीको व्यवहारको प्रशंसा गर्दै सेहेनाजलाई हप्काएका थिए । हिमांसी भने आसिमको अंगालोमा रुँदै घरबाट बाहिरिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close