कुकुरको निहुँमा प्रियंका चोपडा र पतिको झगडा

वासिङ्टन । बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोन्सले हालै एक तस्बिर इन्सटाग्राममा सार्वजनिक गरे । जर्मन सेफर्डसँग खिचिएको त्यो तस्बिर भाइरल पनि भयो । जहाँ त्यो कुकुरको नाम थियो, गिनो जोन्स ।

निकका भाइले भनेका छन्, ‘गिनो परिवारलाई विभाजन गर्ने कारण बन्दै आएको छ ।’ निकले भने गिनोको समेत इन्स्टाग्राम ह्यान्डल बनाएर त्यसबाट पनि तस्बिर सार्वजनिक गर्दैआएका छन् । यतिसम्म कि, उनको गिनोको पनि इन्स्टाग्राम छ । जहाँ ३ लाख भन्दा धेरै फलोअर्स छन् ।

अन्तराष्ट्रिय मिडियाका अनुसार प्रियंका निकसँग कुकुरकै कारण रिसाउँछिन् । यो कुरा निकले पनि सार्वजनिक गरेका छन् । उनीहरुबीच झगडा समेत सोही कुकुरका कारण पर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close