‘मेरो चलचित्र हेरेर दर्शक निराश नबनुन्’

एजेन्सी । कट्टर नारीवादी भूमिका निभाउने अभिनेत्री तापसी पन्नुले उनको चलचित्र हेरेर दर्शक निराश भएर फर्किन नहुने बताएकी छिन् ।

मुख्य पात्र होस् या त सानो भूमिका जीवन्त र यादगार अभिनय गर्न माहिर तापसीले भविष्यसँग कुनै डर नभएको र दर्शकको एक्सपेक्टेसनले उत्कृष्ट अभिनय गर्न अझै चुनौती दिने बताएकी हुन् ।

“दर्शकको एक्सपेक्टेसनले मलाई अझै उत्कृष्ट गर्न चुनौती दिन्छ । म चाहन्छु कि उहाँहरू हलमा आँउदा धेरै एक्सपेक्टेसन लिएर आए हुन्छ । त्यो एक्सपेक्टेसन मेरो चलचित्रबाट मात्रै नभई मैले निभाएको भूमिकाप्रति पनि होस् ।”

तर उनले दर्शकमा छाप छाड्न नसक्ने सानो भूमिकाहरू भने नगर्ने पनि बताइन् । दर्शकप्रति सधैं जिम्मेवार महसुस गर्ने बताउँदै उनले भनिन्, “मेरो चलचित्र हेरेर उहाँहरू कहिल्यै पनि निराश महसुस गर्न नपरोस् । मेरो चलचित्र हेरेर हलबाट निस्किँदा कस्तो बकवास रहेछ भन्दै निराश भएर निस्केको हेर्न चाहन्नँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close