चलचित्र ‘द आउट ल’को फस्ट लुक पोस्टर र टिजर सार्वजनिक

रेट्रो ग्रुपको ब्यानरमा निर्माण गर्न लागिएको चलचित्र ‘द आउट ल’ निर्माण घोषणा गरिएको छ ।

निर्माण टिमले अंगेजी नयाँ वर्षको छेको पारेर यो चलचित्र निर्माण गर्ने घोषणा गरेको हो । साथै, चलचित्रको टिजर र फस्टलुक पोस्टर समेत सार्वजनिक गरिएको छ ।

अभिनेता सुशील श्रेष्ठ, शिक्षा संर्गौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी, महेश त्रिपाठी, लगायतका कलाकारको मुख्य भूमिका रहने ‘द आउट ल’ पूर्ण एक्सन–थ्रिलर जनरामा निर्माण हुने छ । विक्की महर्जनको निर्देशनमा निर्माण हुन लागेको यो चलचित्रले कानून नमान्ने व्यक्तिको कथा बोल्ने छ ।

कोरोना महामारीपछि अभिनेता सुशीलको लागि यो कमब्याक प्रोजेक्ट बन्ने छ । सन् २०१५ मा होस्टेल रिटन्र्सबाट अभिनय करिअर सुरु गरेका सुशीलले सायद २, कारखाना र बादशाह जुटमा पनि अभिनय गरेका छन् । त्यस्तै, पपुलर मोडल शिक्षालाई अहिलेसम्म कुनै पनि चलचित्रमा दर्शकले देख्न पाएका छैनन् ।

शशांक खड्का र अमित अग्रहरीको लगानीमा निर्माण हुने यस चलचित्रका कार्यकारी निर्माता विनोद कडायत हुन् । कडायत चलचित्र प्रेम गीत ३ का आर्ट डिरेक्टर समेत हुन् ।

निर्माता शशांक खड्काले चलचित्रको छायांकनका लागि सम्पूर्ण तयारी पुरा भएको बताए । उनले जनवरी ५ बाट निर्माण टिम फ्लोरमा निस्कने जानकारी दिए ।

२ करोड हाराहारी बजेट खर्च हुने अनुमान गरिएको यो चलचित्र आगामी वर्षको दशैंमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close