आदित्य नारायणले प्रेमिका श्वेतासँग डिसेम्बरमा विवाह गर्दै

बलिवुड गायक एवं अभिनेता आदित्य नारायणले आफ्नी प्रेमिका श्वेता अग्रवालसँग आगामी डिसेम्बरमा विवाह गर्ने बताएका छन् ।

आदित्य र श्वेता पहिलो पटक २०१० मा फिल्म शापितको सेटमा भेटेका थिए ।

आदित्यले आगामी डिसेम्बरमा विवाह गर्ने बताउदै अब विव्ह्को तयारीमा लाग्ने बताएका छन् । इन्स्टाग्राममा श्वेतासँगको तस्बीर सार्बजनिक गर्दै आदित्यले अब आफु सामाजिक संजालबाट विवाहसम्मका लागि बिदा भएको बताएका छन् ।

श्वेता दक्षिण भारतका कैयौ फिल्ममा काम गरेकी नाम चलेको अभिनेत्री हुन । उनले प्रभास, सुदीप जस्ता सुपरस्टारहरुसँग समेत काम गरिसकेकी छन् । यसका अलावा उनले विभिन्न टेलिभिजन सीरियलमा समेत काम गरिसकेकी छन् ।

आदित्यको नाम केहि समय अघि बलिवुड गायिका नेहा कक्कडसँग पनि जोडिएको थियो । तर नेहाले भने अघिल्लो साता मात्र गायक रोहनप्रित विवाह गरिसकेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close