
मुम्बई । रणवीर कपुर र आलिया भट्ट अहिले प्रेममा छन्। डेटिङ पनि गरिरहेका छन् तर उनीहरूले आफ्नो सम्बन्धलाई सर्वजनिक रूपमा स्वीकार भने गरेका छैनन्।
दुवैका अभिभावक पनि उनीहरूको विवाहका लागि सहमत भइसकेका छन्। उनीहरू दुवैको छिट्टै विवाह भएको हेर्न चाहन्छन्। ऋषि कपुरले त बारम्बार अप्रत्यक्ष रूपमा उनीहरूलाई विवाह गर्न आग्रह नै गरिरहेका छन्। आलियाका पिता महेश भट्ट पनि उनीहरूको विवाहका लागि सहमत भइसकेका छन्।
आलिया र रणवीरका नजिकका साथीभाइका अनुसार उनीहरू पनिकश्मीरमा रणवीर र आलियाको बिहे अब विवाहका लागि तयार भएका छन्। उनीहरू २०२० मा विवाह गर्दै छन्। यो वर्षको चर्चित विवाहमध्ये यो विवाह पनि हुनेछ।
सूत्रका अनुसार आलियाले विवाहको योजना पनि बनाइसकेकी छन्। उनीहरूले भारतमै विवाह गर्ने छन्। कश्मीर आलियाको मन पर्ने स्थान हो। मेघना गुलजारको फिल्म ‘राजी’को सुटिङका लागि उनी २०१७ मा कश्मीर गएकी थिइन्। श्रीनगर र पहलगामा सुटिङ भएको थियो। सुटिङका क्रममा कश्मीरको सुन्दरताले आलियाको मन चोरेको हो। त्यसैले उनी कश्मीरमा विवाह गर्न चाहन्छिन्। आलियाको यो फैसलामा रणवीर पनि राजी भएका छन्। विवाहका लागी उनीहरूले एक महिनाको समय निकाल्ने भएका छन्।