सांगितिक क्षेत्रमा जम्दै खिम

सुर्खेत,२० भदौ । दाङको घोराही उपमहानगरपालिका– १७ मा जन्मेका खिम केसी पछिल्लो समय सांगितिक क्षेत्रमा जम्दै गएका छन् । हाल रोजगारीका लागि अमेरिकाको क्यालोफोर्नियाँमा बस्दै आएका केसीले पछिल्लो समय २ वटा आधुनिक गजल गित बजारमा ल्याएका छन् ।

बजारमा आएको ‘म त जहिलेपनि हारेको मान्छे’ गित यूट्युव च्यानलमा हेर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । उक्त गितको शब्द केसीकै, र विपिन घिमिरेको स्वर रहेको छ । भ्वाइस अफ नेपाल स्टुडियोमा रेकर्ड गरिएको उक्त गितको एरेन्ज राजन इसानले गरेका छन् । दिप घतानी अफिसियल नामक यूट्युव च्यानल मार्फत बजारमा आएको छ ।

सानै उमेरदेखि गित संगित र गजल विधामा रुचि राख्ने उनका गितहरु  टिकटकमा पनि अत्याधिक रुचाइएका छन् । सांगितिक क्षेत्रसँगै सामाजिक क्षेत्रमा काम गरेको अनुभव पनि उनीसँग छ । आफु कामको सिलसिलामा बाहिर भएपनि नेपाली गित संगितलाई सदैव मायाँ गरि संरक्षणमा लागि रहेको केसीको भनाई छ । यसअघि पनि उनले ‘मिठो मेरो मायाँ’ नामको गजल गित बजारमा ल्याएका थिए । जुन गितमा राजन इसानको स्वर रहेको थियो भने मिक्सिङ कुमार केसीले गरेका थिए ।

हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close