Murti

‘छिंडीभरिको आकाश’ आरोहण गुरुकुलमा

विराटनगर । विराटनगरस्थित आरोहण गुरुकुलमा प्रसिद्ध आख्यानकार परशु प्रधानको कथामा आधारित ‘छिंडीभरिको आकाश’ नाटक मञ्चन सुरु भएको छ।

नाटक मञ्चन आरम्भको विराटनगर महानगरपालिकाका प्रमुखर भीम पराजुलीले गरे। विराट आदर्श साहित्य मञ्चको आयोजनामा सुरु भएको नाटकमा कुलतमा फसेको परिवारको चित्रण गर्नुका साथै आर्थिक रूपमा विपन्नको परिवारको वेदनालाई देखाइएको छ।

दुव्र्यसनका कारण एउटा सुखी परिवार कसरी भताभुङ्ग हुन्छ भन्ने सन्देश नाटकले दिइएको छ। विराट आदर्श साहित्य मञ्चको प्रस्तुति रहेको नाटकको नाट्य रूपान्तरण र निर्देशन कट्वाल दीपकले गरेका छन् भने सहनिर्देशन रमेश तिम्सिनाले गरेका छन्। मञ्चन हुनुअगावै २२ वटा शो बुकिङ भैसकेको र अन्य स्कुल कलेजहरूले चासो देखाइरहेको मञ्चका प्रमुख सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए।

नाटकमा अभिनय गर्ने सबै कलाकार विद्यार्थी हुन्। उद्घाटन समारोहमा गन्धर्व थिएटर पोखराका अध्यक्ष ‘परिवर्तन’लाई सम्मान गरिएको थियो। परिवर्तनले विगत एक दशकदेखि रंगमञ्चका क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर स्वरुप सम्मान गरिएको मञ्चले जनाएको छ। विराटनगर महानगरपालिका प्रवद्र्धकका रूपमा रहेको छ भने मुख्य प्रायोजकमा काबरा ग्रुपको बुलेट चाउचाउ, प्रायोजकमा नमस्कार होटल म्यानेजमेन्ट स्कुल र सहप्रायोजकमा सोम्स कलेज रहेको छ।

मोरङ हिसान र प्याब्सन विराटनगरसँगको सहकार्यमा सुरु भएको नाटक पुस १२ गतेसम्म मञ्चन हुने मञ्चका अध्यक्ष कट्वाल दीपकले जानकारी दिए। नाटकमा सन्देश बारकोटी, अनुसा कटवाल, रमेश तिमल्सिना, अनिल खत्री, एन्जल बस्नेत, उमेश पौडेल, माजिद अन्सारी, पार्वती कटवाल, अनुसा भण्डारीले अभिनय गर्ने छन् भने व्यवस्थापनमा प्रभा पन्त र विवेक आचार्य रहेका छन्।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close