
नवगायक तथा सर्जक दिपेन्द्र खत्रीको शब्द तथा अर्जुन सापकोटा र मेनुका परियारको स्वरमा वियोगान्त गीत मुटु रेटिन्छ सार्वजनिक भएको छ । गीतमा अर्जुन सापकोटाको संगीत रहेको छ । गीतमा माया पिरती र मिलन बिछोडको भावलाई चित्रण गरिएको छ । अर्जुन, दिपा र करिश्मा अधिकारीको परिकल्पनामा तयार भहेको म्युजिक भिडियो बिक्रम चौहानले निर्देशन गरेका हुन् भने प्रकाश खड्काले छायांकन गरेका हुन् ।
मिलन विश्वकर्माले सम्पादन गरेको म्युजिक भिडियोमा पछिल्लो समय म्युजिक भिडियोमा निकै नै ब्यस्त कलाकार तथा लोकप्रिय मोडल रोशनि कार्की र गायक स्वयम् अर्जुन सापकोटाको अभिनय संगै बाल कलाकार आयुशी ढकाल र उत्सर्ग भट्टराईको अभिनय रहेको छ । म्युजिक भिडियो स्पन्दन मिडियाको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
सुर्खेतमा रहेर गीत संगीत क्षेत्रमा केहि गर्ने अठोटले अघि बढेका खत्रीका यस अघि देशभक्ती गीत, तथा लोकपप गीत बजारमा आइसकेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।