किरात समुदायको २३ खेलाडीले देशको लागी दिए पदक

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करणमा किरात राई समुदायका २३ जना खेलाडीहरुले विभिन्न खेलमा पदक प्राप्त गरेका छन् । राई समुदायका खेलाडीहरुले ३ स्वर्ण, १३ रजत र ७ कास्य पदक प्राप्त गरेका हुन् ।

गत मंसिर १५ गतेदेखि नेपालले आयोजना गरेको सागको १३औं संस्करण मंसिर २४ गते सकिएको हो । जसमा ५१ स्वर्ण, ५९ रजत र ९४ कास्य पदक प्राप्त गर्दै भारतपछि नेपाल दोस्रो स्थानमा उभिएको छ ।

राष्ट्रिय टिमका निर्देशक तथा राष्ट्रिय टिम तयारी समितिका सचिव महेन्द्र राईले यस पटकको सागमा राई खेलाडीहरुको उपस्थिति राम्रो अवस्थामा रहेको बताए । उनले भने, ‘तुलनात्मक रुपमा राई खेलाडीहरुको उपस्थिति राम्रो रह्यो ।’

किरात राई यायोक्खाका केन्द्रीय सदस्य किवाङ हाङ राईले सागमा २३ जना खेलाडीहरुले किरात कुलको इज्जत बढाउने काम गरेकाले उनीहरुलाई यायोक्खाले सम्मान गर्दा राम्रो सन्देश जाने बताए ।

उनले आफ्नो फेसबुक वालमा राई खेलाडीकाे सचित्र सूचि अपलाेड गरी उनीहरुलाई सम्मान गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुको सम्मानका लागि स्वर्ण पदक प्राप्त गर्ने खेलाडीलाई हरेक एक पदकको ९ लाख, रजत पदक पाउनेलाई हरेक एक पदकको ६ लाख र कास्य पदक पाउनेलाई हरेक पदकको ३ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पनि प्रदेश १ का खेलाडीहरुलाई स्वर्ण पदक पाउनेलाई ३ लाख, रजत पदक पाउनेलाई २ लाख र कास्य पदक पाउनेलाई १ लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेका छन् ।

स्वर्ण पदक विजेता
जुनी राई (उसु)
शुक्रबहादुर राई (गल्फ)
सुशीला राई (तेक्वान्दो)

रजत पदक विजेता
इमायु राई (आर्चरी
डा.आशा राई (बास्केट बल)
दीपा राई (फुटबल)
इन्दिरा राई (फुटबल
बन्दना राई (ह्यान्ड बल)
कविता राई (ह्यान्ड बल)
उमा राई (ह्यान्ड बल)
शान्तिकला राई (ह्यान्ड बल)
रञ्जना राई (ह्यान्ड बल)
निशा राई (ह्यान्ड बल)
माला राई (बक्सिङ)
अस्मिता राई (भारोत्तोलन)
अनुजा कुलुङ राई (कबड्डी)

कास्य पदक विजेता
संगीता राई (भारोत्तोलन)
पुरन राई (बक्सिङ)
अनमाया राई (ब्याडमिन्टन)
सीता राई (ब्याडमिन्टन)
युनिसा राई (तेक्वान्दो)
एस्तर राई (कराते)
अशोक खालिङ राई (उसु)

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close