‘ए’ डिभिजन लिगमा एपीएफको पहिलो जित दर्ता

 

विभागीय नेपाल एपीएफ फुटबल क्लबले कतार एअरवेज शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पाचौँ चरणको अन्तिम खेलमा एपीएफले फ्रेण्ड्स क्लबलाई ३–१ ले पराजित गर्दै पहिलो जित निकालेको हो।

एपीएफको जितमा आशिष लामाले दुई तथा विक्की तामाङले एक गोल गर्नु भयो । प्रलेण्ड्सका लागि प्रिजेन तामाङले एक गोल फर्काउनु भयो । खेलको ३० औँ मिनेटमा विकी तामाङले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाउनु भयो।
आजको खेलमा एपीएफले विदेशी खेलाडी खेलाएको थियो। विभागीय टोली एपीएफले गोलरक्षक युया कुरियामालाई पहिलो पटक टोलीमा समावेश गरेको हो। एफसी लाईसेन्स प्राप्त गरेपछि एपीएफलाई विदेशी खेलाडी राख्ने बाटो खुलेको हो।

त्यही मौकालाई सदुपयोग गर्दै एपीएफले विभागीय टोलीमा नै पहिलो पटक विदेशी खेलाडी समावेश गरेको हो। एपीएफका प्रशिक्षक कुमार थापाले टोलीको आवश्यक्ता अनुसार नै गोलरक्षकका रुपमा विदेशी खेलाडी समावेश गरेको बताउनु भयो ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close