
भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली तथा उनकी पत्नी अभिनेत्री अनुष्का शर्माले आफ्नी छोरीको फोटो नखिचिदिन अनुरोध गरेका छन् ।
११ जनवरीमा यसबारे जानकारी विराटले ट्विटरमा पनि दिएका थिए । उनले आफ्नो गोपनियताको रक्षा गर्न र अहिले छोरीको फोटो नखिच्न अनुरोध गरेका थिए ।
मातापिता भएको नाताले हामी यो गोपनियता राखिदिन पनि अनुरोध गरिरहेका छौँ भन्दै विराटले यस्तो अनुरोध गरेका हुन् ।
विराट र अनुष्काले सन् २०१७ मा विवाह गरेका थिए । सन् २०२० को अक्टोबरमा अनुष्काले आफू गर्भवती भएको जानकारी दिएकी थिइन् ।