
राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा रमेश सिलवाल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा नियुक्त गरेको हो ।
राष्ट्रिय खेलकूद विकास ऐन २०७७ अनुसार उक्त बैठकले सिलवाललाई सदस्य सचिवमा नियुक्त गरेको हो । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा उनको यो दोस्रो पटकको नियुक्ती हो । उनले यसअघि राष्ट्रिय खेलकुद परिषदको नेतृत्व सम्हालेर १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सम्पन्न गरेका थिए ।