गीतकार पलाँसको ‘ खोला जस्तो जिन्दगी’ भर्खरै सार्वजनिक

राजु कोइराला 

बैशाख २०, नर्थ क्यारोलाइना, अमेरिका ।

गीतकार शिव पलाँसको नयाँ गीत ‘ खोला जस्तो जिन्दगी’ भर्खरै सार्वजनिक भएको छ । टीका दाहालको संगीत , उदयराज पौडेलको संगीत संयोजन र अन्जु श्रेष्ठको आवाजमा रहेको उक्त गीतमा जीवन भट्टराई , स्नेहा भट्टराई र बाल कलाकार प्रेइज श्रेष्ठको अभिनय रहेको छ । उत्सव दाहालले छायाँङ्कन गरेको भिडियोको निर्देशन भने राजेश राईले गरेका हुन् । खोलाको बिम्ब संग जोडेर गीतकार पलाँसले यो गीतमा जीवनको यथार्थ उतार्ने कोशिश गरेका छन् ।

हरिनास – १ , स्याङ्जा स्थायी घर भई हाल अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका शिव पलाँस दुई दशकदेखि साहित्य र गीतलेखनको क्षेत्रमा क्रियाशिल छन् । उनका गीतहरुमा दीप श्रेष्ठ , नरेन्द्र प्यासी , कर्ण दास , शिशिर योगी , रामकृष्ण ढकालदेखि बाल गायिका अनुजा कडरिया र रुक्सना लिम्बुसम्मले स्वर दिईसकेका छन् । उनको ‘ माया गर्नुको अर्थ’ गीत संग्रह समेत प्रकाशित छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close