ठुला भ्रष्टाचारलाई अनुसन्धानको दायरामा ल्याउन माग

सुर्खेत,२९ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम प्रशंसनिय हुँदा हुदै पनि ठुला पदमा बसेकाहरुले गरेको भ्रष्टाचारलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्नेमा नागरिकले जोड दिएका छन् ।
आयोगको ३० औँ स्थापना दिवसका अवसरमा वीरेन्द्रनगरमा भएको कार्यक्रमका सहभागी स्थानीयले यस्तो बताएका हुन् ।

समान्य खालका भ्रष्टाचारहरुलाई प्राथमिकता दिएर सस्तो लोकप्रियता कमाउन खोजेको स्थानीय उमालाल आचार्यले बताए । आयोगको बार्षिकोत्सवको अवसरमा ठुला–ठुला भाषण गरेता पनि विशेष खालका मुद्दाका अगाडि भिजेको बिरालो जस्तो देखिने गरेको उनले टिप्पणी गरे । तल्लो तहका कर्मचारी माथि हावी भएको अख्तियार माथिल्लो पदमा रहेका जो कोहीलाई हल्लाउन पनि नसकेको उनले बताए ।

अख्तियारको देखाउने दाँत एउटा चपाउने दाँत अर्को नहोस् भन्ने जनताको अपेक्षा रहेको उनले बताए । त्यस्तै, १००÷२०० का कुराहरु मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउने गरेको अर्का स्थानीय रियल विक्रमको बुझाई रहेको छ । ठुला पद तथा प्रष्तिठामा रहेका मानिसहरुले घटाएका घटनाका बिषयहरु ओझेल पर्ने र स–साना घट्नाहरुलाई ठुलो बनाएको उनको टिप्पणी छ ।

यता, कार्यक्रमलाई शुभकामना दिँदै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आयोगले थुप्रै पङ्ग्रसा गर्न योग्य काम गरेको बताएका छन् । भष्टाचार देशबासीको साझा शत्रु भएकाले भ्रष्टाचार विरुद्ध आम नागरिक सक्रिय हुनुपर्ने बताए । भ्रष्टाचार रोकथामका लागी कर्मचारी, राजनीतिज्ञ, सरकारी तथा गैर–सरकारी कार्यालय, युवा, सञ्चारकर्मी र आमनागरिकको सक्रिय सहभागितमा मात्र भ्रष्टचारको अन्त्य गर्न सकिने उनको भनाई रहेको छ ।

कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले असल नागरिकको आचरणले नै भ्रष्टाचारको अन्त्य गर्न सकिने बताए । समाजमा धनी बन्नु पर्छ भन्ने मनोविज्ञान नै भ्रष्ट आचरणको मूल जग भएको उनले बताए । आम नागरिक भ्रष्ट आचरण भन्दा माथिको मनोवल बनायो भने भ्रष्टाचार आफै अन्त्य हुने उनले बताएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको राजनितिक माध्यमबाट नभई छुट्टै क्षेत्र बनाएपछि मात्र भ्रष्टचारको अन्त्य गर्न सकिने बताएका छन् । यो संस्थालाई प्रभावकारी बनाउनका लागि ब्यवस्थापनमा नै संशोधन गरेर बढेमा आयोग बलियो हुने उनको भनाई छ । मानिसको प्रतिष्ठा भनेकै सम्पती हो भन्ने प्रभाव भएकाले भ्रष्टाचार उकालो लागेको आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बताएका छन् ।

यस्तो खालको चेतना भएको समाज भ्रष्टाचार विरुद्ध लड्न कठिन हुने भएकाले सभ्य समाज निमार्ण गर्न लाग्नुपर्ने उनको भनाई रहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय सुर्खेतका निमित्त प्रमुख रमेश गौतमले भ्रष्टाचार न्युनिकरणका लागि संस्थागत रणनीति तथा योजना कार्यन्वयनमा ल्याएको बताए । भ्रष्टाचार न्युनिकरण गर्नका लागि आम नागरिकको सहयोगको आवश्यक हुने उनको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close