बागमती प्रदेशले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने

बागमती प्रदेशले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
माघ २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अनुशील सापकोटाले बताउनुभयो । बागमतीमा माओवादीका शालिकराम जमकट्टेल मुख्यमन्त्री हुनुहुन्छ।
२०५२ फागुन १ गते नेकपा माओवादीले जनयुद्धको घोषणा गरेको थियो। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे माग पेश गरी फागुन २ गतेदेखि माओवादी नेताहरू भूमिगत भएका थिए। उक्त युद्ध २०६३ सम्म चलेको थियो। २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच विस्तृत शान्ति सम्झौता भई युद्ध समाप्त भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close