
सुदूरपश्चिम प्रदेश सभाको वेभसाइट ह्याक भएको छ। शुक्रवार प्रदेश सभा सचिवालयका सचिव देबबहादुर बोगटीले वेबसाईट ह्याक भएको जानकारी दिनुभयो।
उहाँले वेभसाइट ह्याक भएको र अहिले सूचारु गराउने प्रयास भइरहेको बताउनुभयो। उहाँका अनुसार वेभसाइटमा अंग्रेजी अक्षरहरु देखिएका छन्। त्यसकारण अमेरीकन ह्याकरहरुले ह्याक गरेको हुनसक्ने अनुमान गरिएको छ।
वेभसाइट कसरी ह्याक भयो भन्ने विषयमा कुनै जानकारी नभएको सचिवालयले जनाएको छ। यसबारे अनुसन्धान भइरहेको जनाइएको छ। सुदूरपश्चिममा पहिलो पटक प्रदेश सभाको वेभसाइट ह्याक भएको हो।